महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु  सभापतिको उम्मेदवारी दिने तयारीमा  हरेन्द्र बि.क.

लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अाङ्गिक क्याम्पस  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको चैत ५ गते हुने निर्वाचनका लागि  नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट  पञ्चा  सिंह नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इकाई संयोजक  हरेन्द्र बि.क. ले  सभापतिको उम्मेदवारी दिने बताएका छन ।

विगत छ सात वर्षदेखि प्रत्यक्ष रुपमा बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका समस्याहरुलाई नजिक बाट नियालेर हेरेका बि.क.ले  समयमा विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन र नतीजा प्रकाशनमा त्रिविले ढिलासुस्ती गर्दा विद्यार्थीको भविष्यमा आँच पुग्दै आएको विषयलाई निर्वाचनको आफ्नो प्रमुख मुद्दा बनाउने  बताएका छन् ।

उनले भने क्याम्पसमा सुधार गर्नुपर्ने धेरै कुराहरु छन् बोल्नु भन्दा गरेर बोल्न ठीक हुने भन्दै  “शिक्षालाई उद्यम र सीपसँग जोड्ने, प्रविधिमैत्री बनाउने कुरा आफ्नो  मुख्य एजेन्डा रहने बताएका छन् । शिक्षालाई सर्वसुलभ र सहज बनाउने गरी अगाडि बढ्ने उनले नागरिक पथलाई बताए ।

नागरिक पथले तपाईंले टिकट पाउनुहुन्छ त भनी प्रश्न गर्दा सभापति पदमा अन्य साथीहरूले पनि इच्छा जाहेर गर्नु स्वभाविक भएको बताउने उनले आफुले  प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा क्याम्पसमा विद्यार्थीहरु माझ घुलमिल भएको छु, उनीहरुका सानातिना समस्याहरुका लागि क्याम्पस प्रशासन शीत सहकार्य गरिरहेको छु यो कुरा संगठनले राम्रोसँग बुझेको हुदा टिकट दिनेमा ढुक्क भएको बताए ।
विद्यार्थीहरुको चाहना र आवश्यकता के हो  भन्ने बुझेका व्यक्ति नेतृत्वमा पुग्नु पर्दछ भन्दै  नयाँ जोश जाँगर भएका वास्तविक र नियमित अध्ययनरत विद्यार्थीहरू नेतृत्वदायी भुमिकाबाट वञ्चित हुने अवस्था आउन यस स्ववियुमा दिनुहुँदैन भन्ने समेत उनको धारण थियो ।
बि.क. का अनुसार नेपाली राजनीतिको मेरुदण्डको रुपमा रहेको विद्यार्थी राजनीति बिस्तारै शिथिल बन्दै गएको यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ । पछिल्लो समय स्ववियु सञ्चालन सम्बन्धी उपयुक्त नियमावली र आचार संहिताको अभावमा विद्यार्थी आन्दोलन सुस्ताएकै हो । सुस्ताएको विद्यार्थी आन्दोलनलाई पुनः जागृत र जीवित  गराउनु आजको आवश्यकता र सम्पूर्ण विद्यार्थी संगठनहरुको गहन जिम्मेवारी हो, यसलाई हामीले सदुपयोग गर्न सकेनौं भने विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धि गुमाउनु पर्ने  समेत जिकिर गरे  ।
देशको व्यबस्था र त्रिभुवन विश्वविद्यालयको अबस्था बदल्न अफ्नो उम्मेदवारी रहने बताए । आफुलाई सम्पूर्ण परिवर्तन चाहाने विद्यार्थीहरुले अमुल्य मत दिएर विजय बनाउनेमा आफू ढुक्क रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *