योगदान राष्ट्रको लागि (CFN) बाँके जिल्ला अध्यक्षमा रेग्मी

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : योगदान राष्ट्रको लागि बाँके जिल्ला नयाँ कार्यसमिति गठन गरिएको छ जसको अध्यक्षमा दिपक रेग्मीलाई मनोनीत गरिएको छ ।
योगदान राष्ट्रको लागि संस्थापक अध्यक्ष ओम उप्रेती, उपाध्यक्ष राहुल कौशल र केन्द्रीय सल्लाहकार मिम बहादुर सिंह ठकुरीको उपस्थितिमा बसेको बैठकले योगदान राष्ट्रको लागि जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा दिपक रेग्मी र सचिवमा हिरामणी दाहाललाई सर्वसम्मत मनोनीत गरेको हो ।
हाल विभिन्न जिल्लामा सक्रिय रुपमा कार्यरत यस संस्थाले प्राथमिक उपचार सम्बन्धमा विविध कार्यक्रमहरु गर्दै आईरहेको छ । साथै सामुदायिक स्तरमा सामाजिक सचेतनाका कार्यक्रम लगायतका कामहरु गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *