नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अाङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको चैत ५ गते हुने निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिल्ली बहादुर डि.सी.ले सभापतिको उम्मेदवारी दिने बताएका छन ।
अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिल्ली बहादुर डि.सी.का अनुसार समयमा विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन र नतीजा प्रकाशनमा त्रिविले ढिलासुस्ती गर्दा विद्यार्थीको भविष्यमा आँच पुग्दै आएको विषयलाई निर्वाचनको मुद्दा बनाएको बताएका छन् । डि.सी.ले भन्छन “क्यालेन्डर अनुसार शैक्षिक गतिविधि सञ्चालन नगर्नेलाई दण्ड र सजायको व्यवस्था गर्नेछौं । डि.सी.ले भन्छन्, “शिक्षालाई उद्यम र सीपसँग जोड्ने, प्रविधिमैत्री बनाउने कुरा आफ्नो मुख्य एजेन्डा रहनेछ। शिक्षालाई सर्वसुलभ र सहज बनाउने गरी अगाडि बढ्ने उनले नागरिक पथलाई बताए ।

विद्यार्थीहरुको चाहना र आवश्यकता के हो भन्ने बुझेका व्यक्ति नेतृत्वमा पग्नु पर्ने भन्दै नयाँ जोश जाँगर भएका वास्तविक र नियमित अध्ययनरत विद्यार्थीहरू नेतृत्वदायी भुमिकाबाट वञ्चित हुने अवस्था आउन यस स्ववियुमा दिनुहुँदैन भन्ने समेत उनको धारण थियो ।
डि.सी का अनुसार नेपाली राजनीतिको मेरुदण्डको रुपमा रहेको विद्यार्थी राजनीति बिस्तारै शिथिल बन्दै गएको यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ । पछिल्लो समय स्ववियु सञ्चालन सम्बन्धी उपयुक्त नियमावली र आचार संहिताको अभावमा विद्यार्थी आन्दोलन सुस्ताएकै हो । सुस्ताएको विद्यार्थी आन्दोलनलाई पुनः जागृत र जीवित गराउनु आजको आवश्यकता र सम्पूर्ण विद्यार्थी संगठनहरुको गहन जिम्मेवारी हो, यसलाई हामीले सदुपयोग गर्न सकेनौं भने विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धि गुमाउनु पर्ने समेत जिकिर गरे ।
देशको व्यबस्था र त्रिभुवन विश्वविद्यालयको अबस्था बदल्न अफ्नो उम्मेदवारी रहने बताए । आफुलाई सम्पूर्ण परिवर्तन चाहाने विद्यार्थीहरुले अमुल्य मत दिएर विजय बनाउनेमा आफू ढुक्क रहेको उनले बताए ।
