कोहलपुर : मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर इकाई समितिको आगामी चैत ३ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीको तर्फबाट सभापति पदका लागि लक्ष्मण आचार्यलाई उठाउने निर्णय गरेको छ ।
विद्यार्थीको स्ववियू विद्यार्थीकै हातमा, नियमित विद्यार्थी अखिल (क्रान्तिकारी) को साथमा भन्ने मूल नाराका साथ आज सम्पन्न बैठकले अखिल(क्रान्तिकारी )को तर्फबाट आसन्न चैत्र ३ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा तपशिल बमोजिमका उम्मेदवारहरु सर्वसम्मत चयन गरेको छ।
अध्यक्ष/ सभापति :- लक्ष्मण आचार्य
सचिब :- दिपेन्द्र शाही
कोषाध्यक्ष :- शान्ती बि.क
सदस्य : सुर्य तिवारी
सदस्य : शान्ति सुनार
सदस्य : प्रेम शाहीलाई सर्वसम्मत उम्मेदवारको रुपमा चयन गरिएको छ ।


