शितल चिनी (मोरिङ्गा)को प्रचारप्रसारमा अमेरिका बाट नेपाल आएका डा- प्याट्टक जि.भि.एन. मा.वि. मा



नेपालगन्ज : शितल चिनी मोरिङ्गाको प्रचारप्रसारमा डा- प्याट्टक चाउ १८ देशको भ्रमण सकेर नेपाल आएका छन् ।
आज नेपालगन्जमा रहेको जि.भि. एन. मा.वि. मा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो अनुभव शेयर गर्ने क्रममा उनले आफुले मेकानिकल इन्जिनियरको जागिर छाडेर मोरिङ्गाको प्रचारप्रसारमा लागेको बताए ।
नेपालगन्जमा मोरिङ्गा बाबा भनेर चिनिने हेमन्त राज काफ्ले सहित उक्त विद्यालयमा उनले आफ्नो जीवनमा भोगेका र आफू समाजसेवामा लागेको अनुभव साटासाट गरेका थिए । उनले यदि सबैले मोरिङ्गा शितल चिनीको प्रयोग गर्ने हो भने अस्पतालहरु बन्द गर्नुपर्ने अवस्था आउनसक्छ भनेर भनेका छन् ।
धेरै विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएका विदेशी नागरिक चाउले यदि सोही विषयसंग उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई सहयोग गर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *