नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरु मध्ये एउटामात्र आधिकारिक युनियन बनाउन कर्मचारी संघ तयार भएको कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्काले बताएका छन् ।

आइतबार कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जको तेस्रो अधिबेशनलाई सम्बोधन गर्ने क्रममा उनले तीन वटा युनियहरु भएर त्यसको फाइदा बेफाइदा हामीले बुझिसक्यौं अब एउटामात्र कर्मचारी संगठन बनाउन हामी कर्मचारी संघ तयार छौं र कर्मचारी संगठन र कर्मचारी युनियन तयार हुनुपर्नेमा जोड दिएका हुन् ।


नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. सुरेश कुमार कानोडिया, उपनिर्देशक श्याम कुमार शर्मा, संस्थाका निर्देशक डा. सन्तोष कुमार शर्मा, श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख कमल पौडेल लगायतका जिम्मेवार तहमा रहने व्यक्तिहरुको उपस्थितिमा सो कुरा खड्काले बताएका हुन् ।
कर्मचारी युनियन एक बनाउने भन्दा उपस्थिति कर्मचारीहरुले जोडदार समर्थन गरेका थिए ।
हिजो भएको विभागीय अधिबेशनबाट विजय कुमार त्रिपाठी सभापतिमा, उपसभापतिमा राजेश कुमार गुप्ता, नमर्दा रेग्मी, पुष्पा खत्री, सचिवमा लक्ष्मी गिरी, सहसचिवमा सत्यबति चौधरी, कोषाध्यक्षमा माधव बर्नवाल, सदस्यहरुमा सुरेश भंगी, सर्वजित यादव, शारदा सलमानी, अन्सु शाही, रेन्कु श्रेष्ठ, लगायतका सर्वसम्मत चयन भएका हुन् ।


