पुरन परियार
बाँकेकाे खजुरा गाउँ पालिकाले फेरि भेटौंला बिदाई तथा स्वागत कार्यक्रम शुक्रबार सम्पन्न गरेकाे छ ।
खजुरा गाउँ पालिकामा नव नियुक्त प्रमुख प्रशासकीयकाे रुपमा बिगत ७ महिना देखि कार्यरत नृपराज उपाध्यायकाे सुचना तथा संचार मन्त्रालयमा सरुवा भएकाले उपाध्यायलाई विदाई गरिएको छ भने बर्दियाकाे राजापुर नगरपालिका बाट सरुवा भई आउनु भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलाई स्वागत गरिएको छ ।
कार्यक्रममा बाेल्दै नव नियुक्त सुवेदीले अाउने जेष्ठ मसान्तसम्म सम्पूर्ण शाखा र वडाहरुका कामहरुकाे रिपोर्ट दिईनुपर्ने र अाफ्नाे काममा सधै निष्ठाका साथ लाग्न सम्पूर्ण कर्मचारीहरुलाई सुझाव दिएका छन ।
पुर्व प्रशासकीय प्रमुख उपाध्याय भने भाबुक हुदै अाफु नयाँ भएकालेे अाफुबाट हुन नसकेका काम प्रति क्षमाप्रार्थी हुँदै अाउने दिनहरुमा फेरि समयले साथ दिए खजुराकाे सहयात्री बनेर सेवा गर्ने बताएका हुन।
कार्यक्रमकाे प्रमुख अतिथि तथा गाउँ पालिका अध्यक्ष डम्बरबहादुर बि.क (तुफान) ले कार्यक्रमकाे समापन गर्दै जनप्रतिनिधि र कर्मचारी हरुमा सुशासन कायमै राख्नुपर्ने र खजुराई विकासकाे बाटाेमा अगाडि बढाउन सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीकाे ठुलाे भुमिका रहने भन्दै सुवेदीलाई स्वागत गरेका छन ।
कार्यक्रममा पालिका उपाध्यक्ष मन्जु मल्ल, गा.पा नेकपा माओवादी केन्द्र पार्टी कमिटी अध्यक्ष राजकुमार बि.क ,कार्यपालिका सदस्य कृष्णा पाेख्रेल (बि.क ) प्रवक्ता धनिराम वलि वडा नं ५का अध्यक्ष गरिबे शेष लगायत सम्पूर्ण वडा सचिव , कर्मचारीहरुकाे सहभागिता रहेकाे थियो ।

