नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ ले साना व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध

अर्थ / बाणिज्य नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज : नेपालगन्ज उपमहानगर वडा नम्बर ४ वडा कार्यालयद्वारा साना व्यवसायीहरुलाई  सहुलियतपूर्ण ऋणको उपलब्ध गराएको छ !

नेपालगन्ज उपमहानगर पालिका वडा नं  ४  कार्यालयले नगर साझेदारी कार्यक्रममार्फत लक्षित र विपन्न वर्गकाे जीवनस्तर उकास्ने उदेश्य अनुरुप बिना धिताे रु १ लाखदेखि २ लाखसम्म वडाका २० जना साना व्यवसायीलाई सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराएको छ ।

वडा अध्यक्ष गोपाल पुनका अनुसार ऋण स्वरुप सो रकमको चेक हस्तान्तरण गरिएको हो । उहाँका अनुसार सो सेवा लिने सम्पुर्ण वडाबासी सरोकारवालाहरुलाई ऋण र ब्याजको समयमै किस्ता तिरी सो योजनामा जम्मा हुने रकमबाट थप अरु वडाबासीले पनि सेवा पाउने अधिकारलाई सुनिश्चित गरिदिन हुन ऋणी व्यवसायीहरुलाई  अनुराेध गरिएको छ ।

स्थानीय तहले आफ्ना वडाबासीलाइ गरिने यस्ता योजनाबाट सानो परिणाममा भए पनि महिला, विपन्न, अल्पसंख्यक, पिछडिएका र अपेक्षित समुहले लोकतान्त्रिक गणतन्त्रको प्रतिफल पाउने वडा अध्यक्ष पुनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *