मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७७ बाट सम्मानित सुनिताले भनिन् यो सम्मान सबैको हो

अर्थ / बाणिज्य


नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा कोभिड आइ सी यु मा कार्यरत नर्स सुनिता सहकारी एक लाख राशीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट आज सम्मानित हुनुभएको छ ।

जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा सोमबार मदन भण्डारी फाउण्डेशनद्वारा कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित गर्नेक्रममा स्टाफ नर्स सहकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गर्नुभएको हो ।

सम्मानित भएपछि कस्तो महसुस गर्नु भएको छ भनी नागरिक पथले सोध्दा सहकारीले यो सम्मान दिवंगत आफ्ना श्रीमानप्रति सम्पर्ति भएको प्रतिक्रिया दिनुभयो । यो सम्मान सबैको हो उहाँले भन्नुभयो,  उनले २०७६ साल चैत १६ गते देखि भेरी अस्पतालमा रहेको कोभिड आइ सी यु मा सेवा सुरु गरेकी थिए ।

सबैको माया, सद्भाव पाइरहेको हुदा अाफुले दिनरात बिरामीको सेवामा जुटिरहेकी छु ।उहाँका श्रीमानको केही महिना अघिमात्रै निधन भएको थियो। उहाँका एक छोरा हुनुहुन्छ ।

‘यो सम्मान मेरो दिवंगत श्रीमानलाई समर्पण गर्न चाहान्छु उहाँले भन्नुभयो–‘जीवनका अनेकौं दु:ख कष्टका बावजुत श्रीमानले आफ्नो अन्तिम अवस्थामा पनि मलाई अरु विरामीको सेवामा जुट्ने प्रेरित गरिरहनुभयो ।’ उहाँले लगनशिलता, मेहनत, इमान्दारिता र सेवाप्रतिको धर्म निभाउनेक्रममा आफु पुरस्कारको हकदार बनेको बताउनुभयो।

उहाँले भेरी अस्पतालका मेसु थापासहित सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, नर्सहरु सबैको सहयोगले आज ठूलो राशीको सम्मानबाट सम्मानित हुन पाउँदा गर्भ महसुस भएको समेत बताउनुभयो ।

कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसियुमा कार्यरत कालीकोटकी स्टाफ नर्स सहकारीको सम्मानले अस्पतालको गरिमा बढाएको अस्पतालका मेसु डा प्रकाश थापाले बताउनुभयो।

नर्स सहकारीसहित नेपाल एम्बुलेन्स सर्भिस काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई जनही रु एक लाख राशिको सो पुरस्कार प्रदान गरिएको हो।

कोभिड– १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपङ्क्तिमा रही कोभिडबाट सङ्क्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गरेका उनीहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरिएको फाउण्डेशनका सचिव पेम्बा लामाले बताउनुभयो ।

सो पुरस्कार चयनका लागि मानवअधिकारवादी सुशील प्याकुरेलका संयोजकत्वमा चयन समिति गठन गरिएको थियो। समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यसअघि हास्य कलाकार महजोडी, शहीद पार्क–हेटौँडा, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेशन’, प्रा.डा सुबोध शर्मालाई प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *