७३ औं प्रजातन्त्र दिवसको अवसरमा बाँके कांग्रेसद्वारा दीप प्रज्वलन

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : ७३ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस बाँके जिल्ला कमिटीले दीप प्रज्वलन गरेको छ ।
स्थानीय बि.पी. चोकमा साँझ ६ बजे पार्टी सभापति नारायण प्रसाद गौडेल, निवर्तमान पार्टी सभापति किरण कोइराला, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको पार्टीका बाँके जिल्ला सचिव सुधांशु कोइरालाले बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रजातन्त्रलाई थप सफल र सुदृढीकरणका लागि सबै राजनीति दलहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *