सडक दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु, २५ जना घाइते

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज – सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको फोर्स गाडी कोहलपुर सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ ।

सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सहित गाडीमा सवार अन्य २५ यात्रु घाईते भएका छन । घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याईएको छ । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *