गुल्मी : गुल्मीको मदाने गाउँपालिकाले वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पालिकाले ७ वटा वडाबाट सहभागी हुनेगरी पुरुष र महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । जसअन्तर्गत पुरुष भलिवलमा प्रथम हुने टीमलाई रु ४० हजार, द्वितीय हुने टीमलाई रु ३० हजार र तृतीय हुने टीमले रु २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी महिला भलिबल प्रतियोगितामा प्रथम हुने टीमले २० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले रु १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता फागुन ५, ६ र ७ गते सञ्चालन हुने भएको छ ।
उक्त कार्यक्रममा सहभागी हुन चाहाने वडा स्तरीय टीमले वडा नं १ मा गोपाल आर सी, वडा नं २ मा दिपक केसी , वडा नं ३ मा सिजन भट्टराई , वडा नं ४ मा शुक्र थापा, वडा नं ५ मा गणेश खड्का, वडा नं ६ मा सुनिल थापा र वडा नं ७ मा अशोक खड्कालाई सम्पर्क गरि नाम टिपाउन सकिने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुम बहादुर थापाले हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

