नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध ईम्प्रेशन नेपाल बाँकेले ४४ औं स्थापना दिवस मनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको जिफन्ट नगर कमिटी कार्यालयमा ईम्प्रेशन नेपालले अन्तक्रिर्या कार्यक्रम र केक काटेर मनाएको हो ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पुर्ण बहादुर केसी, बरिस्ठ युनियनकर्मी केशब गिरी, अतिथिमा जिफन्ट बाँके इन्चार्ज सुमन गिरी श्रेष्ठ, पूर्व ईम्प्रेशन नेपाल बाँके अध्यक्ष मोहनलाल सोनकर, जिफन्ट नगर अध्यक्ष कृष्ण बहादुर बुढा, जिफन्ट नगर कमिटी उपाध्यक्ष दिपेश आचार्य , नेकपा एमाले जिल्ला कमिटी सदस्य अनिता थापा, नेपाल स्वास्थ्यकर्मी बाँकेका सचिव मुस्लिम खान, नगर युवा कमिटी सहसचिव सुनिता तिवारी लगायतको उपस्थित रहेको थियोे ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त संगठनले गरेका कामहरुको प्रशंसा गरेका थिए । प्रेसमा कामगर्ने श्रमजीवी श्रमिकहरुको हकमा निरन्तर काम गरिरहेको कार्यक्रममा अध्यक्षता गर्नु भएको ईम्प्रेशन नेपाल बाँकेका अध्यक्ष विकास पाठकले बताउनुभयो । ईम्प्रेशन बाँकेका सचिव सुरेश थारुले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
संगठनलाई पार्टी भन्दा भिन्नै किसिमले सञ्चालन गर्नुपर्नेमा सबैले जोड गर्नु भएको थियोे ।

