नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्टले बाँकेको नेपालगन्जमा पाचौं सामाजिक सुरक्षा दिवस भब्य रुपमा मनाएको छ ।
नेपालगन्जमा रहेको औद्योगिक क्षेत्रमा आज साँझ पाँच बजे सामाजिक सुरक्षा दिवस मनाएको हो । जिफन्ट नगर अध्यक्ष कृष्ण बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बाँकेका प्रमुख रुद्र नारायण शाह, सामाजिक सुरक्षा कोष काठमाण्डौका प्रशासकीय अधिकृत पुर्ण बहादुर नेपाली, नेपालगन्ज औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्ण बहादुर पुन, औद्योगिक संघका अध्यक्ष किरण कार्की, जिफन्टसंग आवद्ध नेता तथा कार्यकर्ता, श्रमजीवी श्रमिक, पत्रकारहरुको उपस्थितिमा दिप प्रज्वलन गरेर मनाइएको जिफन्ट बाँके इन्चार्ज सुमन गिरीले बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक सुरक्षा दिवस मनाउन पाउँदा खुसीको साथसाथै अझै धेरै भन्दा धेरै श्रमिकहरुलाई उक्त कोषमा सुचिकृत गराइ फाइदा दिलाउन पर्नेमा जोड दिएमा थिए ।

