प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा डा- पाण्डे

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज । अखिल नेपाल प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको प्रथम भेलाबाट लुम्बिनी प्रदेश तदर्थ कमिटीको अध्यक्षमा भेरी अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ फिजिसियन डा. राजन पाण्डे चयन हुनुभएको छ ।

माओवादी निकट चिकित्सकहरुको संगठन अखिल नेपाल प्रगतिशील चिकित्सक संघको बिहिवार नेपालगन्जमा भएको प्रदेश स्तरीय प्रथम भेलाबाट डा. पाण्डे अध्यक्षमा चयन हुनुभएको हो ।

भेलाले डा. पाण्डेको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा डा. डिबी खत्री र डा. सुवास जिसी, महासचिवमा डा. देवेन्द्र आचार्य, सचिबमा डा. सुदर्शन थापा, सदस्यहरूमा क्रमशः डा. सकुन्तला कुमार गुप्ता, डा. अभिषेक यादव, डा. साजन थापा, डा. होमनाथ अधिकारी, डा. रवी वाग्ले र डा. मधुसूदन घिमिरे चयन भएका छन । आवश्यकता अनुसार अन्य पदाधिकारी र सदस्य पछि थप गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष डा. पाण्डेले जानकारी गराउनु भयो ।

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष डा. कृष्ण सागर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेला अखिल नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा. श्याम बिकको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रगतिशील जनस्वास्थ्य कर्मी महासंघका केन्द्रीय उपाध्यक्ष मानव नेपालीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका मन्त्री एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्णा केसी (नमुना), माओवादी केन्द्र बाँके संयोजक डम्बर बिक (तुफान), भेरी अस्पतालका नर्सिङ प्रमुख (मेट्रोन) दुर्गा लक्ष्मी श्रेष्ठ, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, भेरी अस्पताल व्यवस्थापन समितिका सदस्य तथा खजुरा गाउँपालिका वडा नं २ का वडा अध्यक्ष धनराम वली, कोहलपुर मेडिकल कलेजका फिजिसियन डा- श्याम बि-क-, नेपालगन्ज मेडिकल कलेजका डा- लेखनाथ बराल,  डा- देवेन्द्र आचार्य  लगायतले सम्बोधन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *