नेपालगन्ज मेडिकल कलेजमा रहेको कर्मचारी संगठन बिभागीय कमिटी चिसापानीको अध्यक्षमा : सोनी

लुम्बिनी प्रदेश बिशेष शिक्षा


बाँके: कर्मचारीहरुका हकहितका लागि गठन भएको नेपालगन्ज मेडिकल कलेजमा रहेको स्वतन्त्र कर्मचारी संगठन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन विभागीय कमिटी चिसापानीको छैटौं अधिबेशनबाट शेरेन्द्र कुमार सोनी अध्यक्षमा दोस्रो कार्यकालका लागि सर्व सम्मतले चयन हुनुभएको छ ।

आज बेसिक साइन्स चिसापानीमा भएको संगठनको छैटौं अधिबेशनबाट अध्यक्ष पदमा शेरेन्द्र कुमार सोनी, उपाध्यक्षमा चक्र बहादुर बुढा, सचिवमा सुरेश रोकाय, कोषाध्यक्षमा नारायण प्रसाद उपाध्याय, सदस्यहरुमा हरि प्रसाद कंडेल, लाल बहादुर शाही, सुरेश खत्री, नर बहादुर बस्नेत, दल बहादुर बुढा निर्वाचित हुनु भएको छ ।

बिभागीय कमिटी  चिसापानीका अध्यक्ष सोनीको अध्यक्षतामा भएको अधिबेशनको प्रमुख अतिथिमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन केन्द्रीय कमिटी सभापति रत्ना गिरी, बिशिस्ट अतिथिमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन केन्द्रीय कमिटी सल्लाहकार संयोजक अब्दुल हुसेन खान, अतिथिहरुमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन केन्द्रीय कमिटी बरिस्ठ उपसभापति सुमन गिरी श्रेष्ठ, उपसभापति कृष्ण बहादुर बुढा, उपमहासचिव समीक्षा राबत, सचिव खड्क कुमारी पोखरेल, कमला वली, कोषाध्यक्ष सरिता राजखान, कानुनी सल्लाहकार शरद पोखरेल , नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खान, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संघ केन्द्रीय सचिव नारायण प्रसाद पोखरेल, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संघका बिभागीय कमिटी नेपालगन्जका सभापति चन्द्रनारायण मण्डल, लगायतका कर्मचारी संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा बोल्दै अतिथिहरुले व्यवस्थापन पक्ष र कर्मचारी युनियनहरुबिच भएको सहमति अक्षरस पालना गर्न गराउन जोड दिनुपर्ने बताएका थिए । बन्द सत्रमा आजै नवनिर्वाचित अध्यक्ष लगायतका सम्पूर्ण पदाधिकारीलाई निर्वाचन मण्डलको अध्यक्ष शरद पोखरेलले शपथ तथा गोपनीयता गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *