जिभिएन मा-वि-नेपालगन्जमा अध्ययनरत विद्यार्थीले गरे सोल्टी होटल भिजिट

लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगन्ज : शैक्षिक क्षेत्रमा अगाडी रहेको जिभिएन मा-वि- नेपालगन्जमा होटल म्यानेजमेन्ट विषय लिएर कक्षा ११ मा अध्ययन गरिरहेका विद्यार्थीहरुद्वारा आज सोल्टी होटल भिजिट गरेका छन् ।
होटल म्यानेजमेन्ट विषयका विद्यार्थीहरुको प्राक्टिकल गराउनका लागि सोल्टी होटलमा विद्यार्थीहरुलाई पठाएको उक्त विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो ।

कलेजमा होटल म्यानेजमेन्ट विषय पढाउनु हुने शिक्षक संगम कंडेलले विद्यार्थीहरुलाई उक्त होटलमा भिजिट गराएर ल्याउनु भएको भण्डारीले बताउनुभयो ।उक्त भिजिट कार्यक्रममा विद्यार्थीहरुसित अन्तरक्रिया गर्नुका साथै उनीहरुले सोधेका प्रश्नको जवाफ सोल्टी होटलका सेक्युरिटी मेनेजर खम्ब शाहले दिनुभएको कलेजका कोर्डिनेटर खुमलाल शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *