बाँके र बर्दिया जिल्लामा घाट ब्यवस्थापन गर्न उच्च अदालतबाट परमादेश जारी

मुख्य खबर लुम्बिनी प्रदेश बिशेष


नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका माननीय न्यायाधीश केशव राज जोशी र बामदेव ज्ञवालीको संयुक्त इजलाशले घाट ब्यवस्थापन   गर्न बाँके र बर्दियाका स्थानीय तहको नाममा परमादेशको आदेश जारी गरेको छ ।
अदालतद्धारा जारी आदेशमा विपक्षी बनाइएका नं.१ देखि २५ सम्म विपक्षीहरुको हकमा निम्न  बमोजिम परमादेशको आदेश जारी गरेको हो । (१) बाके र बर्दियाको नागरिकहरुको मृत शरिरको सम्मानपुर्वक अत्तेष्ठीको अगामी आर्थिक बर्ष बाट उपयुक्त बजेट छुटयाई साविक देखि प्रचलनमा मा रहेका अन्तेष्ठी गरिने सदगत स्थलको सरंक्षण गर्नु स्थान अभाव भएको भए उपयुक्त स्थानको खोजी गरी प्रचलनमा ल्याउन भनिएको छ ।
भै रहेको सदगत स्थलको उचित व्यवस्थापन गरी उक्त स्थानहरुमा नुहाउन तथा पिउनु योग्य पानी, बत्ती,  स्थान गृह र शौचालय आदिको यथोचित प्रबन्ध गर्नु परमादेशको आदेश जारी भएकोहो । 
उच्च अदालतद्धारा जारी आदेशमा ‘सभ्भव भएसम्म विधुतीय शवगृह विधुतीय शवगृह को निर्माण को लागि शिध्र पहल गर्नु र मृत शरीर को अन्तेष्ठी गर्न आवश्यक काठ दाउरा को सुलभ प्रबन्ध गर्नु’ भनिएको छ । 
उपरोक्त बमोजिमको आदेशको कार्यान्यवन को प्रगति के कति भएको छ भन्ने व्यहोरा को प्रगति प्रतिवेदन हरेक आर्थिक बर्ष समाप्त भएको १ महिना भित्र यस अदालत को रजिष्टार समक्ष पेश गर्नु भनी अदालतले आदेश दिएको  छ । 
मुद्धामा रिट निवेदकका तर्फबाट बरिष्ठ अधिवक्ता सुनिल क्षेष्ठका साथै अधिवक्ताहरु बसन्त गौतम, विश्वजीत तिवारी,केवल सिहं थारु, अधिवक्ता काशीराम चौघरी, अभिवक्ताहरु सुदिप कुमार भटराई र उतर कुमार गौतमले बहश गरेका थिए ।
अधिकारकर्मी र कानून ब्यवशायीद्धारा घाट ब्यवस्थापनमा सार्वजनिक सरोकारको बिषयमा दायर गरिएको रिटमा यस अधि उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले अन्तरिम आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *