टकसार बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन

अर्थ / बाणिज्य स्थानीय तह


नेपालगन्ज : टकसार तथा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा  आज सम्पन्न भएको छ ।
म ढुक्क छु , म संग छ मेरो टक्सार, आर्थिक विकास र सामाजिक रुपान्तरका भन्ने नारा साथ कार्यक्रम शनिबार नेपालगन्जमा भएको थियो ।
आर्थिक बर्ष २०७७/७८ मा टकसार बचत तथा ऋण सहकारी संस्थाको कुल शेयर पुँजी १,४८,९७,५०० रहेको थियो भन्ने आर्थिक बर्ष २०७८/७९मा वद्धि भई रु २,६३,५३,२७५ वद्धि गरेको छ । निक्षेप बचत २०७७/७८मा रु ५,९०,०२,१८१‍.८४ रहेको थियो थियो भने आर्थिक बर्ष२०७८/ ७९ मा ९,५१,९७,७५२.८४ पुगेको छ । 
 कर्जा लगनीमा संस्था र निक्षेपमा भएको वद्धिले आर्थिक बर्ष २०७७ /७८मा शेयर सदस्यलाई विभिन्न शिर्षकमा ऋणलगानी रु ५,९९,५१,७८६.१० गरेको थियो भन्ने आर्थिक बर्ष २०७८/७९मा वद्धि भई १०,६८,८९,६६९.६६ कुल कर्जा लगानी अत्यन्त सावधानिपुर्वक र बलियो र धितो लिई गरिएको छ ।
संस्थाले विभिन्न संघ संस्थाबाट कारोवार गर्ने क्रममा अावश्यक पर्ने शेयर खरिद गर्ने निति अनुसारका संघ संस्थाको शेयरमा आर्थिक बर्ष २०७८। ७९ मसान्त सम्ममा रु , १,०८,५०० लगानी रहेको सहकारीका अध्यक्ष विरभान केसीले जानकारी दिनुभयो । कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य, जेष्ठ नागरिक बचतकर्ता, कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

नेपालगन्जमा रहेको नेपालगन्ज पार्टी प्यालेसमा भएको कार्यक्रमको अध्यक्षता विरभान केसी, कार्यक्रममा प्रमुख अतिथि ईश्वर पोखरल, सल्लाहकार सुमन गौतम , उपाध्यक्ष चिरञ्जीवी ओली  लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियोे ।  कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि पत्रकार, संस्थाका शेयर सदस्य लेखा समितिका सदस्य लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सहकारीका प्रवन्धक सञ्चालक महेश्वर जोसीले सञ्चालन गर्नु भएको थियोे ।
संस्थाको बचत कर्ता बृद्धि गरी संकलन गर्ने, शेयर पूँजी बूद्धि गदैँ लैजाने ,संस्थाका शेयर सदस्यहरलाई सीप मुलक आयमुलक तालिम संचालन गर्ने लक्ष रहेको संस्थाका प्रवन्धक संचालक महेश्वर जोशीले जानकारी दिनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *