नेपालगन्ज : पौरखी बहुद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ ।
‘म ढुक्क छु , म संग छ मेरो पौरखी छ, आर्थिक विकास र सामाजिक रुपान्तरका लागि’भन्ने नारा साथ कार्यक्रम शनिबार नेपालगन्जमा भएको थियो ।
आर्थिक बर्ष २०७७/७८मा पौरखी बहुद्देश्यीय सहकारी संस्थाको कुल शेयर पुँजी १ करोड ३७ लाख रहेको थियो भन्ने आर्थिक बर्ष २०७८/७९मा वद्धि भई रु १ करोड ५५ लाख भन्दा बढी भएको छ।निक्षेप बचत २०७७/७८मा रु ४ करोड २५ लाख रहेको थियो थियो भने आर्थिक बर्ष२०७८/ ७९ मा ४करोड ७५ लाख पुगेको छ ।
कर्जा लगनीमा संस्था र निक्षेपमा भएको वद्धिले आर्थिक बर्ष २०७७ /७८मा शेयर सदस्यलाई विभिन्न शीर्षकमा ऋणलगानी रु ५ करोड गरेको थियो भन्ने आर्थिक बर्ष २०७८/७९मा वद्धि भई ५ करोड ५५ लाखभन्दा बढी गरिएको छ। कर्जा लगानी अत्यन्त सावधानीपूर्वक र बलियो र धितो लिई गरिएको छ ।
संस्थाले विभिन्न संघ संस्थाबाट कारोवार गर्ने क्रममा अावश्यक पर्ने सेयर खरिद गर्ने नीति अनुसारका सङ्घसंस्थाको सेयरमा आर्थिक वर्ष २०७८। ७९ मसान्त सम्ममा रु साढे ५ करोड लगानी रहेको सहकारीका अध्यक्ष दुर्गा अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने सेयर सदस्य, बचतकर्ताका छोराछोरीहरु मध्ये एसईईमा उत्कृष्ट जिपिए ल्याउनेलाई सम्मान गरिएको थियो ।नेपालगन्जमा रहेको होटल सिद्धार्थ कटेजमा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री दुर्गा अधिकारी, कार्यक्रममा प्रमुख अतिथि विजया धिताल, विशिष्ट अतिथिमा हरि प्रसाद तिमिल्सिना लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि पत्रकार, संस्थाका सेयर सदस्य लेखा समितिका सदस्य लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सहकारीका उपाध्यक्ष मिना बरालले सञ्चालन गर्नु भएको थियोे ।
संस्थाको बचत कर्ता बृद्धि गरी सङ्कलन गर्ने, सेयर पूँजी बूद्धि गदैँ लैजाने ,संस्थाका सेयर सदस्यहरलाई सिप मुलक आयमुलक तालिम सञ्चालन गर्ने लक्ष्य रहेको संस्थाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
