स्वास्थ्यमा समस्या देखिए पछि नरैनापुरका गाउँपालिका  प्रमुख  शाह अस्पताल भर्ना

स्थानीय तह स्वास्थ्य/ खेलकुद


बाँके – नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ ।

अध्यक्ष शाहको छातीमा समस्या देखिएपछि उहाँलाई शिक्षण अस्पताल नेपालगंजमा भर्ना गरिएको छ । पछिल्लो समय बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र जनता संग भेटघाटमा अधिक सक्रिय हुँदा श्वासप्रश्वास र छातीमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रकि स्वास्थ्यकर्मी मिरा रावलले जानकारी दिनु भयो । 

मेडिकल कालेज नेपालगञ्जका डाक्टर आसिम केदवाइ, डाक्टर रोमन केदवाइको प्रत्यक्ष निगरानीमा उपचार सुरु गरिएको अध्यक्ष शाहको सचिवालयले जनाएको छ ।

५४ वर्षीय शाहलाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । शाहको स्वास्थ्य अवस्थामा समस्या देखिए पछि पुर्व मन्त्री मोहम्मद इश्तियाक राई, माओवादी नेतृ कृष्ण केसी नमुना, जसपाका नेता अतहर हुसेन फारुकी, नेपाली काग्रेस कि नेतृ संगिता चौधरी लगायतका व्यक्तित्वहरु अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *