नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट कोहलपुर नगर समितिको अध्यक्षमा अवराज खड्का चयन भएका छन । आईतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो नगरसभाले खड्काको नेतृत्वमा ६२ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी कमिटीको उपाध्यक्षमा बल बहादुर खड्का, सावित्रा पुन, कृष्ण बहादुर थारु, सचिवमा दान बहादुर ओली, सहसचिवमा अर्जुन पौडेल तथा कोषाध्यक्षमा सुरज जागा चयन भएको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले बताउनुभयो ।
यसअघि शनिबार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नगर सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

