नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका निर्देशक, नेपालकै वरिष्ठतम चिकित्सकहरुमध्ये एक, ४५ वर्ष भन्दा बढी लामो समयदेखि बिरामीहरुको उपचारमा अहोरात्र खटिनु हुने डा- एम किदुवाई लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा मुख्यमन्त्री प्रज्जवलदिप द्धितिय पदकबाट विभूषित हुनुभएको छ ।
आज असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा बरिस्ठ डा- किदुवाई पनि पर्नु भएको हो ।

डा- किदुवाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लामो समयसम्म अस्पताल निर्देशकको रुपमा कार्यरत रहनु भएको छ । हाल उहाँको नेतृत्वमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
