नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको जिभिएन मा-वि- नेपालगन्जले पढाइका अलावा विद्यार्थीहरुलाई अन्य क्रियाकलाप पनि गराउदै आइरहेको पाइन्छ । सोही क्रममा आज ३५०० किलोमिटर दौडमा रहेका माटो बचाउ अभियानका धावक ७१ औं दिनमा नवीन कुमार पुन जिभिएन मा-वि- नेपालगन्जमा आएका हुन् । उहाँसंगै भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय मोहम्मद इस्तियाक राई पनि विद्यालयमा आउनु भएको हो ।
विद्यालयमा आज बिहान मन्त्री राई संगै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रसान्न विष्ट, उपमेयर कमरुद्दिन राई, हरित अभियानका अभियन्ता हेमन्त राज काफ्ले, समाजसेवी कृष्णा पाण्डे लगायतको टीमले विद्यार्थीहरुसित साक्षातकार कार्यक्रम गर्नुका साथै अबको पिढीले माटो बचाउनु पर्नेमा जोड दिनुभएको थियोे ।
विद्यालयमा विद्यार्थीहरुसंग अन्तरक्रिया गर्दै धावक पुनले देशमा माटो बचाउने जिम्मेवार तपाईंको भएको भन्दै सबै मिलेर माटो बचाउन तर्फ लाग्नेमा जोड दिएका थिए ।




