राजापुरमा प्लानका साझेदार संस्थाद्धारा समिक्षा तथा भावि कार्यक्रम बारे जानकारी

लुम्बिनी प्रदेश बिशेष

बर्दियाको राजापुर नगरपालिकामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने बाँके युनेस्को क्लब लगायत विभिन्न साझेदार संस्थाहरुको बार्षिक समिक्षा बैठक तथा आगामी कार्यक्रमबारे जानकारी गराउन समन्वय बैठक सम्पन्न गरिएको छ ।
सो बैठकमा बाँके युनेस्को क्लब, गेरुवा, बी ग्रुप, स्याक नेपाल, साथी र थारु महिला उत्थान केन्द्र लगायतका साझेदार संस्थाहरुले सञ्चालन गरेको कार्यक्रमको समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षमा गरिने कार्यक्रम र बजेट बारे जानकारी गराएका थिए ।
बाँके युनेस्को क्लबद्धारा प्लानको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजनाको बार्षिक समिक्षा तथा नयाँ आर्थिक वर्षको कार्यक्रम बारे बजेट सहितको विवरण प्रस्तुत गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले सो बैठकमा क्लबले सञ्चालन गरेका कार्यक्रमहरु सफलतापुर्वक समयमै पुरा गरिएकोमा आभार व्यक्त गर्दै भविष्यमा पनि कार्यक्रमहरु बढी भन्दा बढी सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो ।
बैठकमा राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीले क्लबले बालविवाह रोकथाम र बाल अधिकार तथा संरक्षणका विषयमा उल्लेख्य कार्यक्रम र गतिविधिहरु गरेको बताउनुभयो ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना र नगरपालिकाको सम्पुर्ण टीमको सहभागिता रहेको थियो । उहाँहरुले पनि बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजनाले राजापुरमा प्रभावकारी काम गरेको बताउनु भएको थियो ।
नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट बारे बाँके युनेस्को क्लबका अनुगमन तथा मुल्यांकन अधिकृत शान्त चौधरीले विवरण प्रस्तुत गर्नु भएको थियो ।
सोही प्रकारले प्लान नेपालका अन्य साझेदार संस्थाहरु गेरुवा, बी ग्रुप, स्याक नेपाल, साथी र थारु महिला उत्थान केन्द्रका कार्यक्रमहरुको पनि समिक्षाका गर्नुका साथै नयाँ आर्थिक वर्षको कार्यक्रम बारे संस्थाका प्रतिनिधिहरुले विवरण प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *