संघीय निर्वाचन को मिति मंसीर चार तोकिएको दिन देखि निर्वाचन धूम धामले तयारी गर्दै गरेका राजनीतिक दल बिशेष गरी पाँच दलीय गठबंधन लाई भाग बण्डा मिलाउन हम्मे- हम्मे छ। देश विकास गर्छौ, रोजगारी को सृजना गरेर धेरै भन्दा धेरै विदेशिन बाध्य युवा हरुलाई स्वदेशमै रोजगार बनाउँछौं, कृषिमा आमूल परिवर्तन गरी चामल, आलु ,प्याज लगायत हरियो तरकारी आयात बाट हुने व्यापार घाटा कम गरी देशलाई आर्थिक समृद्धि तर्फ लम्काउँछौं, हरेक नागरिकको गास बास र कपासको व्यवस्था मीलाउँछौं, फोहोर मैला उचित व्यवस्थापन गरी गाउँ, नगर र सहर लाई सफा बनाउँछौं, सरकारी कार्यालय बाट हुने सेवा प्रवाह चुस्त दुरुस्त र झन्जट रहित छिटो छरितो हुने गराउँछौं, मातृ स्वास्थ्य तथा हरेक नागरिकको स्वास्थ्य उपचार निशुल्क गर्छौ, महंगी नियन्त्रण गरी नागरीकको जीवनस्तर सहज बनाउँछौं, लगाएत धेरै नागरिकको दैनिक जीवनमा सरोकार राख्ने कैयौं शीर्षकमा सबै राजनीतिक दलको घोषणा पत्र धमाधम प्रकाशन हुनेछन।
राजनीतिक दल र दलका नेता हरुलाई हामीले यतिसम्म मात्ताएका छौ की भोटर लाई राजनीतिक दलका दास सम्झिन्छन यी घोषणापत्र सार्वजनिक हुँदै गर्दा एउटा नेपाली उखान सम्झिन मन लाग्यो ( कुकुरको पुच्छर १२ बर्ष ढुङ्ग्रोमा राखेपनि बंगो को बाङ्गै ) घोषणा पत्रमा जे सुकै लेखेपनि कमसेकम यति मात्र गर्न सके देशमा बहुलबादमा आधारित बहुदलीय प्रति्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्र छ भनेर खुसी हुन सकिने थियो।
१. जन्मदर्ता, विवाहदर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी।
२. पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टर।
३. भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी।
४.रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई ५०% ठाउँ।
५. युवाहरुको लागि करियर परामर्श र कोचिङ , बिजनेस शुरू गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा।
६. सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको निशुल्क स्वास्थ्य बिमा।
७. सामुदायिक बिद्यालयमा शिक्षाकाे गुणस्तरमा सुधार गर्न विशेष अनुगमन गर्ने तथा निजी विद्यालयमा मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गर्ने।
८. ७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गर्ने।
९. सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने , हेल्थ पोस्टहरु को स्तरोन्नति।
१०. बस स्टपहरुमा आरामदायी बेन्च, सफा खानेपानी, र फोहोरमैला राख्नको लागि डस्टबिन को ब्यबस्था गर्ने।
११. सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गर्ने।
१२. हरेक साना ठूला सहरमा निश्चित ठाउँमा पार्किङ्ग को ब्यबस्था गर्ने।
१३. उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गर्ने।
१४. नेपाली लोकल मदिरा उत्पादन लाई ब्रान्डिङ गरी विदेशमा निर्यात गर्ने।
१५. अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराउने।
१६. एक घर एक रुख अभियान सुचारु गर्ने।
१७. सरकारी कार्यालय बाट हुने सेवा प्रवाह चुस्त दुरुस्त र झन्जट रहित छिटो छरितो गराउने,लेखापढी को नाममा बिचौलिया हरुको विगबगी अन्त्य गर्ने।
१८. सुरक्षा जाँच लाई लाइसेन्स र बिलबुक हेर्ने परिपाटी अन्त्य गरी, वास्तविक चेक जाँच गर्ने।
१९. सबै ब्यबसायी हरुलाई करको दायरामा ल्याउन वार्षिक दुई करोड को कारोबार गर्ने सबैले अनिवार्य अनलाइन बिल, बिजक जारी गर्नुपर्ने।
२०. नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट जस्ता डकुमेन्टहरु झन्झट रहित र बिचौलियाको प्रबेश पूर्ण रूपमा निषेधगर्ने।
२१. राष्ट्रसेवक कर्मचारीद्वारा सेवा चुस्त दुरुस्त पार्न कडाइका साथ अनुगमन गर्ने।
२२. साना ठूला सहरमा देखिने छाडा चौपाया हरुलाई कञ्जी हाउसमा राख्ने व्यवस्था गर्ने। आफ्ना पशु चौपाया हरुलाई सहरमा ल्याई छाडने जो कोहीलाई भारी जरिमाना लगाउने।
२३. पूर्वाधार निर्माण गर्दा हुने नीतिगत भष्ट्राचार रोक्न दुई वा तीन तहको अनुगमन गर्ने। गुणस्तर मा कुनै किसिमको सम्झौता नगर्ने।
२४. बाटो छेउ मा रहेको नालामा फोहोर वा पलास्टिक जन्य पदार्थ फाल्न पूर्ण रूपमा निषेध गर्ने। यदि कसैले त्यस्तो गरेमा भारी जरिमाना लगाउने।
२५. खाद्य वस्तुहरूमा कडाइका साथ अनुमगन गरी यदि कसैले अखाद्य वस्तु मिसाएको भेटिएमा कठोर सजाय को व्यवस्था गर्ने।
२६. महङ्गी नियन्त्रण गर्नको लागि यदि स्वदेशमा उत्पादन हुने वस्तु तथा सेवाहरू विदेश बाट आयात गर्दा सामान्य भन्दा बढी भन्सार शुल्क कायम गर्ने लगायतका कामहरु गर्ने अादि ।

