हरि अधिकारी : देश र जनताको भविष्य कस्तो बनाउने त्यो कहिले कुनै दलले व्यवहारमा देखाएनन केवल भासणमा मात्र सिमित अनि कहाँबाट बन्छ मेरो देश ? मेरो देशमा खोलिएको पार्टीहरु केवल कमाउ धन्दाका भर्तिकेन्द्रमा मात्र सिमित बन्ला कि भन्ने मलाई चिन्ताले सताएको छ । मेरो देशमा खोलिएको दलहरुको विधान हेर्दा र पढ्दा हामी नेपाली समृद्धिको देशमा बाच्दै छौ जस्तो लाग्छ ।
धेरै टाढा नजाउ मेरो देशमा हाम्रै पाला भएको २०४५/४६ को जन आन्दोलनताका बाट अहिले २०८२ को दौरान सम्म यी दलका नेता हरुको वक्तव्य सुन्दा गाउँमा साँध मिचेर घर बनाएको सन्धियारीहरुको झगडा जस्तो लाग्छ मलाइ । बिना उद्देश्य तछाड मछाड गर्दै बाचुञ्जेल पार्टीको सदस्य बन्दै दललाई एउटा हातले अगाडी धकेले जस्तो गर्दै अर्को हातमा सुनका फूल फुलाउन खोज्नु अनि फूलबाट फल लागे पछि आफै मात्र हसुरेको कथाहरु सुन्दा अनि मेरो देश रोहि रोहि अरु देशबाट ऋण ल्याउदै अलि अलि काम गरेर प्रचार बाजि धेरै गर्ने प्रविधिले हुइकिएको मेरो देश को अन्यौलता कुहिरोमा भौतारिएको काग सरि नेताहरुले अब के गर्लान मेरो देश लाई ।
फालिएको ढुङ्गाबाट मुर्ति कुद्ने मेरो देश चराले बिस्ट्याको भरमा पिपल उम्रने मेरो देश ,सगरमाथा जस्तो हिमाल भएको मेरो देश सत्य युगमा ऋषि मुनिहरुले तपस्या गर्ने हिमालय टाकुरा भएको मेरो देश बिश्वले सबै भन्दा सुन्दर देश भनेर चिनिएको मेरोदेश आज किन हरेक नेपालीको मन भित्र मरुभूमि जस्तो लाग्न थालेको छ मेरो देश । विश्व भित्र अरु देशले गरेको नया विकासहरु आवश्यकताले मागेका प्रविधिहरु किन सृजना गर्न सक्दैन मेरो देश ले ?
विकसित देश्हरुले एउटा ग्रहबाट अर्को ग्रहसम्म पुग्ने यानहरु बनाएको टुलुटुलु हेर्ने मेरो देशले गाउँ घर तिर छिमेकीहरुको बोलचालमा तिक्तता ल्याउने , एक नेपालीले अर्को नेपालीलाई शत्रुको व्यवहार गर्ने मानवताको पहिचानबाट भाग्दै आफ्नो स्वार्थमा अग्रसर बनी रहेका पार्टी र त्यसका संरक्षकहरु नेपाल र नेपालीको अलि कतिपनी चिन्ता लाग्छ भनि यो देशको परिधीभित्र रहेका नागरिकलाई एउटै धरातलमा एउटै सोचमा एउटै मान्यतामा बाच्न सिकाउदै सोच्ने क्षमतामा विकास गरिदेउ मेरो देशको ड्राइभर हरु ।
देशमा भएका युवा जति विदेश पलाएन भए यसरी मेरो देश का आकुराहरुको विदेश जाने होड्वाजीको भित्री कुरा यो सरकारले कहिले बुझेन किन कि सरकार को कुनै आम्दानीको आधार नभएकोले बुझेर पनि गुमनाम छ नत्र रेमिटेन्स नभित्रीय देशमा कसरी रजाय गर्ने त्यतिले नपुगेर जनतालाई पाइला पाइला म करले ढाड सेकाएको छ मेरो देशमा जन्मेको दिन देखि बाचुञ्जेलसम्म कर तिनु पर्दा त ठिकै थियो मरेको पनि कर तिर्नु पर्छ मेरो देशमा ।
त्यसैले मेरो देशको नागरिकलाई हेरे अनि यो देश हाक्ने ड्राइभरलाई हेर्दा मन भक्कानिएर आउँछ, जीवनको चोट र पाठ सिक्दै हाँसेको म हरेक चोट आफैंमा एउटा किताब जस्तै हुन्छ। हरेक चोट को एउटा पाठ हुन्छ खुट्टाको चोटले हिड्न सिकाउँछ भने मनको चोटले बॉच्च सिकाउँछ । शरीरको घाउ केही दिनमै भरिन सक्छ, तर आत्माको घाउ वर्षौंसम्म रहन्छ।
त्यो घाउ नै हाम्रो शिक्षक हुन्छ, जसले धैर्य, मौन, सहनशीलता र जीवन बुझ्ने नजरिया दिन्छ भन्दै जीवनलाई जिवन्त राख्न एक्लै भौतारी रहेको छु तर सरकारका खलासीहरु देखि यो देशको ड्राइभरसम्म मात्रको जिबिका राम्रै होला म जस्तो निम्न वर्गको नागरिकलाई भने बाच्न गारो हुने भयो मेरो प्यारो देशमा ।
जब खुट्टा ठोक्किन्छ, हामी अर्को पटक ध्यान दिन्छौं,
तर जब मन ठोक्किन्छ, हामी अर्को पटक कसलाई विश्वास गर्ने,
कसलाई नजिक ल्याउने, कसरी आफ्नो हृदय जोगाउने भन्ने कुरा सिक्छौं सिक्दा सिक्दै अलपत्र हुने होकि भन्ने डर छ मेरो देशमा ।
जीवनमा अनगिन्ती चोटहरू अनिवार्य हुनुपने हो र हाम्रोजस्तो मुलुकमा भन्ने जिज्ञासा धेरै छन् तर तिनै चोटहरूले नै मानिसलाई सशक्त बनाउँछन्। मनको चोटले मानिसलाई कठोर मात्र बनाउँदैन,
दयालु र करुणामय पनि बनाउँछ। किनकि चोट पाएका मानिसले मात्र अरूको पीडा बुझ्न सक्छन्। भनेर मेरो देशको नागरिक्ले आफू र परिवार बचाउन अनेक दु:ख गरेर बची रहेका छन मेरो देशमा ।
त्यसैले, जीवनका प्रत्येक चोटलाई गुनासो होइन,
पाठका रूपमा लिन सिकौं भने अरुलाइ सिकाउने म आज आफै कहाँ र कुन अबस्थामा छु महसुस समेत गर्न सकेको छैन ।चोटले रुवाउँछ, तर त्यही आँसुले आत्मालाई शुद्ध पार्छ। चोटले तोड्छ, तर त्यही घाउले नयाँ शक्ति जन्माउँछ।

अनि चोटले नै बुझाउँछ— भन्दै मेरो देशको नागरिक हारु बाचेको स्थान मा म पनि बाच्ने प्रयास गरि रहेको छु । हे यो देशका ड्राइभरहरु हो हामी जनता कहिले सम्म यसरी बाच्ने हो भनिदेउ । जीवन सधैं सजिलो छैन, तर सधैं सिकाइले भरिएको हुन्छ। के हामी नेपालीको चोट जीवनको सजावट हो ? जसले मानिसलाई अझै परिपक्व, अझै गहिरो र अझै महान् बनाउँछ ” भन्दैमा मेरो देशमा शिक्षाको कारण परिवर्तन यथार्थमा कहिले होला म बारिको डिलमा हात बाधेर यस्तै यस्तै सोच्दै थिए मेरो देशमा समृद्धिको किरण साच्चिकै कहिले आउला अनि हामी जस्ता निमुखा गरिब जनता अहिलेको प्रथाबाट छुट्कारा कहिले मिल्ला मेरो देश मा समृद्धि घाम कहिले पुर्ण रुपम लाग्ला र उज्यालो मा मेरो देशका नागरिकको हित होला यस्तै यस्तै सोच किन आउँछ मेरो देशमा ।
हरि अधिकारी सञ्चारकर्मी हुन् ।
