पिनका केन्द्रिय सदस्य इ. विवेक लामिछाने बाँके जिल्ला इन्चार्जमा मनोनयन

नेपालगंज बिशेष मुख्य खबर

नेपालगन्ज : नेकपा एमालेको जनवर्गीय संगठन प्रोग्रेसिभ ईन्जिनियरर्स एसोशियसन नेपाल (पिन) ले केन्द्रिय सदस्य समेत रहेका ई. विवेक लामिछानेलाई बाँके जिल्ला इन्चार्जको रुपमा मनोनयन गरेको छ ।

गत २०७८ चैत्र २२ गते पिनको केन्द्रिय सदस्यमा निर्वाचित ई विवेक लामिछानेलाई पिनको प्रथम केन्द्रिय कमिटिको बैठकबाट बाँके जिल्ला ईन्चार्जको रुपमा मनोनयन गरेको हो ।

बाँकको खजुरामा स्थायी बसोबास गर्ने ई. विवेक लामिछाने शैक्षिक रुपले सिभिल ईन्जिनियरिङ्गमा स्नातक र निर्माण प्रविधि तथा व्यवस्थापनमा स्नाकोत्तर गरेका छन् ।

नेपालगञ्जलाई केन्द्र विन्दु बनाएर विगत १३ वर्ष देखि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा इन्जिनियरिङ्ग परामर्श सेवा तथा बैक तथा वित्तीय संस्थामा ईन्जिनियरिङ्ग मुल्याङ्कन कर्ताका रुपमा काम गरिरहेका छन् ।

हाल बाँके जिल्लामा रहेका विभिन्न ३५ वटा भन्दा बढी बैंक तथा वित्तिय संस्थामा मुल्याङ्कनकर्ताको रुपम कार्य गरिरहेका ई. लामिछाने आफ्नो काममा विशेष दक्षताका साथै इन्जिनियरिङ्ग समुदाय माझ विशेष लोकप्रिय रहेका छन् ।

इन्जिनियरिङ्ग समुदाय तथा समाजमा आफ्नै फरक व्यक्तित्व बनाएका ई. विवेक लामिछाने समाजमा असल व्यक्ति, मृद्धभाषि अनि स्पष्ट वक्ता तथा बुद्धिजिवी नेताका रुपमा पनि परिचित छन् ।

बाँके जिल्लामा रहेका विभिन्न १० भन्दा बढी संघ संस्थामा सचिव तथा नेतृत्वदायी भूमिकामा रहेका ईन्जिनियर लामिछाने हालै मात्र सम्पन्न नेपाल भ्यालुयर्स एसोशियसनको लुम्बिनी प्रदेश सचिवमा पनि निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *