गगन पाैडेल नेपालगञ्ज
पत्रकार लामिछाने आफ्नो पत्रकारिताको कर्मलाई बिसाउँदै राजनीतिमा पाइला सुरू गरेका छन। पत्रकारिता मार्फत जनताको मन मनमा बसेका रबिको राजनितिक यात्रा, उनले गर्छु भनेको विकाश र समृद्धि भने हेर्न बाँकी नै छ।
मंसिर ४ मा संसदीय चुनावको घोषणा सँगै राजनीतिक दल र तिनका भातृ संगठनहरु चुनावी अभियानमा सक्रिय भइरहेका छन। विक्रम संवत २०५२ साल देखि माओवादीको घोषित जनयुद्ध र २०६२/६३ को महान जनआन्दोलन मार्फत देशमा २०७ बर्ष देखि चलिआएको एकतन्त्रीय शासनको अन्त्य भयो। नागरिकहरुमा देशमा शान्ति सुरक्षा, रोजगारी, निशुल्क स्वास्थ्य उपचार , निशुल्क शिक्षा जस्ता अनिवार्य आवश्यकता सहजै प्राप्त हुने ठूलो आशा पलाएको थियो।
करीब २० बर्ष लगाएर देशले संविधान पायो थुप्रै मौलिक हकहरु संविधानमा लेखियो तर जनताको जीवनस्तर कहिले सुध्रिएन बरु देशमा झन झन महङ्गी, बलात्कार र हत्या जस्ता जघन्य अपराध बढिरहे धनी र गरिबबीचको असमानताको खाडल पहिले भन्दा सयौ गुना बढयो।
संघीयता र धर्मनिरपेक्षता कहाँ बाट आयो भनेर प्रश्न गर्ने हो भने जनआन्दोलन को नेतृत्व गर्ने कुनै पनि दलका नेताहरुले स्पष्ट जवाफ दिनसकेको देखिदैन। संघीयता बचाउन सकिने कुनै आधार राजनीतिमा दिग्गज भनिने नेता, विश्लेषक, विद्धान कसैले जनतालाई बताउन चाहादैनन या त उनीहरूलाई नै थाहा छैन ।
हाम्रो जस्तो सानो मुलुक जहाँ उद्योग व्यवसाय चर्को कर नीतिले बिस्तारै धराशायी भइरहेका छन त्यसमा पनि निर्यात न्यून र खरबौं रुपैयाँको आयातले वर्षेनी ठूलो व्यापारघाटा बेहोर्नु परेको छ। अहिलेको राजनीतिक नेतृत्व लाई नबढार्ने हो भने आगामी पाँच वर्ष फेरि जनता रैती र नेताहरु बादशाह बन्नेकुरामा कुनै दुविधा छैन।
दुई दुई पटक सम्म संसद विघटन गरेर सातै प्रदेश र केन्द्र बाट समेत हात धुनु परेपछि एमाले नेता केपी शर्मा ओली हिजो आज गठबंधन, राष्ट्रिय स्वतन्त्र पाटी तथा अन्य स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उम्मेदवार हरुलाई तथानाम गालि गर्दैछन। अर्को तर्फ गठबंधन गरी गरी सत्ता को रस चुस्नु सम्म चुसेर पनि नपुगेका पाँच दलीय गठबन्धन पनि एमाले लाई सके सम्मको घोचपेछ गरेकै छन। यसो विचार गर्नेहो भने यी दुवै पक्ष नेपालको लागि घातक छन। गठबंधन गरेरै चुनाव लडने हो भने किन फरक फरक दल राख्नु पर्यो यो प्रश्न जनताले अवश्य सोध्नुपर्ने देखिन्छ।
अचम्म त के छ भने देशमा भएका ठूला ठूला घोटाला महाकाली नदी देखि एनसेल काण्ड, वाइड बढी घोटाला काण्ड, ३३ किलो सुन काण्ड, यति ओम्नी काण्ड,७० करोड काण्ड, कर को दर हेरफेर अर्थमन्त्री काण्ड, एम अधिकारी काण्ड यी सबै राष्ट्रघाती कार्यमा सबैदल एकै ठाउँमा छन तसर्थ जनताले राजनीतिक दल होइन असल चरित्र भएको सक्षम जनप्रतिनिधि चुन्नमा चुक्नेहो भने देश विकासमा अरु दश बर्ष पिछडिने कुरामा दुईमत छैन।
रबि लामिछनेको उत्साह देखेर आतालिएका राजनीतिक दलका नेता जो पूर्व प्रधानमन्त्री समेत हुन।हिजो आज क्यामरा देख्यो की रबिलाई गाली गर्न सुरु गरिहाल्छन। रबि फोबिया भएपछि के गर्न सकियो र? यी सबै बूढा नेताहरुलाई घरमै आराम गराएर राख्ने जिम्मा फेरि पनि एकपटक जनतासामु आउँदै छ। सम्पूर्ण देशप्रेमी नागरिकहरुलाई यसपालिको चुनावमा उनीहरूले गरेको गल्तीको सजाय दिनुपर्ने देखिन्छ।
