नेपालगन्ज : अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले बुझायो क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अखिल(क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस एकाइ समितिले सङ्गठनका जिल्ला सचिव सुनिल बटाला र सह-सचीव सन्तोष शर्मा को विषेश उपस्थितिमा क्याम्पसमा रहेका विविध शैक्षिक समस्याहरुलाई ९ बुदे ध्यानाकर्षण पत्र मार्फत क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गरेको छ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका संयोजक ध्रुव जोशीले उक्त समस्याहरुलाई एक हप्ताभित्र सम्बोधन नगरेको खण्डमा चरणबद्द आन्दोलन गर्ने चेतावनी समेत दिएको बताएका छन् ।

