नेपालगन्ज बासिन्दाले यसकारण हेर्नै पर्छ “सिल्ली फो” चलचित्र

मनोरञ्जन

नेपालगन्ज : नेपाली फिल्मी क्षेत्रमा छुट्टै पहिचान दिलाउन सफल अभिनेत्री केकी अधिकारीको मुख्य अभिनय रहेको फिल्म ‘सिल्ली फो’ चलचित्र नेपालगन्ज रहेको  qfx बागेश्वरी हलमा पाचौं दिन पछि भोलि छैटौं  दिनमा प्रवेश गर्दै रहेको छ । बाँकेका स्थानीय कलाकारहरु भएको कारणले पनि उक्त चलचित्र हेर्नै पर्ने स्थानीयले बताएका छन् ।

दिनमा २ शो चल्ने उक्त चलचित्र  अरु चलचित्र भन्दा भिन्नै रहेको हुदा अत्यधिक दर्शकहरुको रोजाइमा परेको उक्त चलचित्रमा प्रहरीको भूमिकामा अभिनय गरेका कलाकार दिपक थापाले बताएका छन ।


थापाका अनुसार यो बाँके, बर्दिया बासिन्दाहरुको लागि सौभाग्य पनि हो कम्तीमा पनि अाफनै गाउँ ठाउँमा हुर्केका छोराछोरीहरुले  अभिनय गरेको चलचित्र हेरेर अगाडि बढ्नका लागि प्रेरणा दिनु हुनेछ भन्ने विश्वास रहेको उनको भनाइ रहेको छ ।

`सिल्ली फो’ राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको चलचित्र  हो। उक्त चलचित्रमा  केकी र रविन्द्र सँगै धिरेन शाक्य, राजाराम पौडेल, दिपक थापा, पूर्णचन्द्र उपाधयाय मामा लगायत कलाकारको अभिनय रहेको छ भने अधिकांश कलाकार बाँके जिल्लाका   रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *