नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष आफै फोहोर व्यवस्थापनमा सक्रिय

नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज – नेपालगन्ज  उपमहानगरपालिका वडा नम्बर ४ को  आयोजना र समुदाय-प्रहरी साझेदारीको  सहाकार्यमा “हाम्रो वडा राम्रो वडा” अभियान अन्तर्गत विशेष सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ भित्र रहेको सल्यानीबाग चोक देखि देवाफुलबारी  टोलसम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।   रासिद अलिकाे अध्यक्षतामा ९सदस्यीय (देवाफुलवारी-उचुवा) टाेल समिति गठन गरिएको वडा अध्यक्ष गोपाल पुनले बताए  l
उक्त सरसफाई अभियानमा  नेपालगन्ज उपमहानगरपालिका वडा नं ४   का अध्यक्ष गोपाल पुनकाे अध्यक्षतामा , नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेका अध्यक्ष तथा  खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि. क.को  प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रेवती परियार , वडा सदस्य रुमित श्रेष्ठ , सलिम मुसलमान , उत्तामसिं सिंजापती , जनप्रतिनिधि , कर्मचारी ,स्वयं सेबक , नेपाल प्रहरी,सामुदायिक प्रहरी लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न अनुरोध गरिएको पुनले बताए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *