नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ ले माघ १६ देखि १० देखि ५ बजेसम्म सेवा दिने

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरु मध्ये उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको वडा नं ४ ले माघ १६ गतेदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रवाह गर्ने भएको छ ।

जाडो महिनामा बिहान १० देखि ४ बजेसम्म सेवा दिदै आइरहेको वडा कार्यालयले भोलि देखि सो समयसम्म सेवा प्रवाह गर्ने उक्त वडाका वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो ।

वडाबासीको सेवामा चुस्त दुरुस्त सेवा दिइरहेको वडाको उक्त वडाका सेवाग्राहीले राम्रो प्रशंसा गर्ने गरेका छन् । वडा नं ४ का वडा बासिन्दा मोहन सिंह बस्नेतले वडा अध्यक्ष लगायत वडाका सम्पूर्ण कर्मचारीहरुको सेवा राम्रो रहेको बताउनुभयो ।
हेर्नुहोस् सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *