डाँफे ब्वाइज एण्ड गर्ल होस्टेल र इन्जिनियरिङ सोलुसनको संयुक्तरूपमा रक्तदान कार्यक्रम, ३५ पीन्ट रगत संकलन

स्थानीय तह स्वास्थ्य/ खेलकुद

नेपालगन्ज – नेपालगञ्ज–१० भृकुटीनगरमा रहेको डांफे ब्वायज एण्ड गर्ल होस्टेल र डाफे ग्रुप अफ इन्जिनियरिंग सोलुसन प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रक्तदान भएको छ ।

होस्टेल संस्थापक गोविन्द खड्का अनुसार पछिल्लो समय बा“केका विभिन्न समूहको रगत अभाव भई कयांै विरामीहरु अस्पतालमा छटपटाई रहेको गुनासोहरु आएको हुंदा यस्को आवश्यकता महशुस गरी आयोजित गरिएको कार्यक्रममा ३५ पिन्ट रक्तदान भएको हो ।

रक्तदान नै जिवनदान भन्दै मानवीय सेवामा सर्मपित जो–कोहीले पनि आफ्नो इच्छा अनुसार रगतदान गरी अर्काको जिवन बचाउनु ठूलो सेवा भन्दै होस्टलको सामाजिक उत्तरदायित्व अन्तरगर्त रक्तदान कार्यक्रम गरिएको संस्थापक खड्काले जानकारी दिनुभयो ।

शनिबार होस्टेल परिसर भृकुटीनगरमा रक्तसंचार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोग तथा डाफे होस्टेलको आयोजनामा विद्यार्थी, शिक्षक कर्मचारीहरुबाछ रक्तदान गरिएको थियो । होस्टेले उच्चत्तम सेवा सुविधा सहित विद्यार्थीहरुको पठनपाठ्न प्रति अनुकुल वातावरणमा सेवा दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *