नेपाल सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय एक महिना मै फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
उनका अनुुसार सरकारले दुई दिन बिदा दिने निर्णय फिर्ता लिने भएको छ । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

