कालिकोट देखि  नेपालगन्ज आउदै गरेको  बस दुर्घटना

मुख्य खबर


कालिकोट देखि नेपालगन्ज आउदै गरेको बस बुधबार साँझ दैलेखमा  दुर्घटना भएको छ । कालिकोटबाट सुर्खेत हुदै नेपालगन्ज आउँदै गरेको बस कर्णाली नदीमा खसेको हो ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका ३ अन्तर्गत सिस्ने भन्दा केही अगाडि  बस दुर्घटना भएको दैलेख  प्रहरीले जानकारी दिएको छ । बस दुर्घटना भइ सडक बाट करिब ५०/५२ मिटर तल खसेको छ , घटना स्थलमा ४ जनाको शब भेटिएको छ भने  घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *