हुम्लाको स्याडा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु

मुख्य खबर

हुम्ला : कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमिकोट गाउँ पालिकामा टेलिमेडिसिन सेवा सुचारु भएको छ ।

सिमिकोट गाउँ पालिका वडा नं ८ मा रहेको स्याडा स्वास्थ्य चौकीमा बुधबार उक्त सेवाको सुरु गरिएको स्वास्थ्य चौकी कार्यालय प्रमुख जन स्वास्थ्य अधिकृत लबि रावतले बताउनुभयो ।

स्वास्थ्य सेवामा प्रत्यक्ष फोन मार्फत परामर्श दिदा बिरामीलाई आधा रोग आफै निको हुने विश्वास गरिएको छ । आधार नेपाल भन्ने संस्थाले उक्त सेवामा सहयोग पुर्याउने हेतुले सुरु गरेको संस्थाका प्रमुख अन्जोक लामाले बताउनुभयो ।

बुधबार ११ जनाले काठमाडौंका विशेषज्ञ चिकित्सकहरु शीत प्रत्यक्ष रुपमा टेलि मेडिसिनको सेवा लिएको उक्त स्वास्थ्य चौकीमा कार्यरत अहेव राजेश थापाले बताउनुभयो । उक्त सेवा महिना २ पटक हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *