सालिक महिलाको उसमा पनि दलितको



जनआन्दोलन हुदै थियो,
हजारौं हजार जम्मा थियौं,
स्थानीय न्युरोड नेपालगन्जमा,
आन्दोलन उत्कर्शमा थियोे।

राजतन्त्र निरङ्कुस थियोे,
अत्याचारको परकास्टा थियोे,
स्थानीय न्युरोड नेपालगन्जमा,
राजाको सालिक ढालियो।

सेनाको टुकडी तैनाथ थियोे,
सायद गोली हान्ने आदेश थियोे,
स्थानीय न्युरोड नेपालगन्जमा,
अकस्मात फायरिङ खुल्यो।

आन्दोलनमा बुद्धिजीवी थिए,
आन्दोलनमा मजदुर किसान थिए,
स्थानीय न्युरोड नेपालगन्जमा,
महिला अनि दलितलाई गोली लाग्यो।

मुलुकमा धेरै पुरुषका सालिक उभिए,
मुलुकमा ठुला जातका सालिक ठडिए,
स्थानीय न्युरोड नेपालगन्जमा,
महिला दलितको सालिक ठडियो।

नेताका सालिक अक्सर पुजिए,
पुरुसका सालिक अक्सर पुजिए,
स्थानीय न्युरोड नेपालगन्जमा,
महिला दलितका सालिक फोडिए।

खै कहाँ छ विभेद भन्नेले भन्लान,
लैंगिकता र जातीमा समान छौँ भन्लान,
स्थानीय न्युरोड नेपालगन्जमा,
सहनै नसकिने विभेद देखियो।

सहिद सेतु बिक अमर रहुन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *