सहिद सेतु बि-क-को सालिक तोडफोड गर्ने गणतन्त्र विरोधीहरु हुन, राजनीतिक दलहरु

नेपालगंज बिशेष मुख्य खबर


नेपालगन्ज : नेपालगन्जमा रहेको सहिद  सेतु बि-क-को सालिक तोडफोड गर्नेहरु गणतन्त्र विरोधी भएको राजनीतिक दलहरूको भनाइ रहेको छ ।
आज धम्बोझीमा स्व- राजा बिरेन्द्र शाहको सालिक राखेपछि प्रहरी प्रशासनले हटाएको विरोधमा उक्त सालिक राख्ने समूहले सेतु बिक चोकमा गएर सहिद सेतु बि-क-को सालिक तोडेका थिए । उक्त सालिक तोडेको विरोधमा नेकपा माओवादी केन्द्र बाँके, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीले विज्ञप्ति निकालेर देशमा हजारौं सहिदको वलिदानीले ल्याएको गणतन्त्रलाई कसैले पनि हत्याउन नखोज्न पार्टीका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनआन्दोलन २०६२/०६३ कि सहिद सेतु बिकको सालिक तोडफोड गर्नु अराजकताको पराकाष्ठा भएको दलहरूको भनाइ रहेको छ । सहिदहरुको अपमान गर्नेगरी गरिएको तोडफोडमा संलग्न व्यक्तिलाई पक्राउ गरि कारबाही गर्नका लागि समेत अनुरोध गरिएको छ । धम्बोझीमा भएको प्रहरी र स्व- राजा बिरेन्द्रको सालिक राख्ने समूह बिचको झडपमा केही प्रहरी र प्रदर्शनकारीहरु घाइते भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *