अटो मोबाइल्स व्यवसायीको समस्या प्रति जनप्रतिनिधिको चासो

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह



                –  गगन पौडेल

नेपालगन्ज : जानकी गाउँपालिका नवनिर्वाचित अध्यक्ष छब्बन खाँको पदवहालीको अवसरमा मध्य तथा सुदुर पश्चिम अटो मोबाइल्स एसोसिएसन नेपाल – नेपालगन्ज (NADA)का उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष नरेन्द्र वली, महासचिव प्रकाश अधिकारी, सचिव जगदीश भट्ट, सदस्य प्रकाश पौडेल, कृष्ण श्रेष्ठ, प्रकाश सिंह राठौर लगायतको टिमले भेटी बधाई, शुभकामना तथा एसोसिएसनका तर्फबाट मायाको चिनो प्रदान गरेका छन।

भेटका अवसरमा नेपालमा  विद्यमान अटो मोबाइल्स सम्बन्धी समस्या जस्तै: पार्किङ्ग, परिक्षण ड्राइभिङ, चेकिङ्ग आदि  समस्या र उपलब्ध जनशक्ति विदेसिने कुरा, भन्सार जाँचपासमा झण्झट आदि समस्याका विषयमा छलफल गरिएको छ । आगामी दिनमा यस्ता समस्या समाधानको लागि पहल गरिदिन  NADA का कार्यवाहक अध्यक्ष वलीलगायतका अटो व्यवसायीद्वारा जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छब्बन खाँलाई अनुरोध गरेका छन ।

भेटघाटको क्रममा कार्यवाहक अध्यक्ष वली ले अटो मोबाइल्स ब्यबसायले उल्लेख्य कर तिर्नुका साथै भुपरिवेस्टित मुलुकका चारपाङ्ग्रे देखि ठुला गाडी मर्मतमा ठुलो टेवा दिएको चर्चा गरिएको र अटो मोबाइल्सको समस्या पनि आम समस्या नै भएको हुनाले केन्द्र देखि स्थानीय सरकारले समेत अटो ब्यबसायीको हक-हितमा केन्द्रीत हुनु पर्नेमा जोड दिएका छन ।

छलफलका क्रममा अध्यक्ष खाँले अटो मोबाइल्स व्यवसाय र यसका समस्याका बारेमा उत्सुकता पुर्वक चासो लिदै आफू यसबारे जानकार रहेको र पालिका स्तरबाट गर्न सकिने सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन। जानकी गाँउपालिकामा हुलाकी राजमार्ग र रत्न राजमार्ग पर्दछन भने यस पालिकालाई यातायात व्यवसायको हब मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *