नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ बाट वडा अध्यक्षमा दुईजनाको नाम वडा कमिटीबाट सिफारिस भएको छ ।
विद्यार्थी राजनीति देखि सक्रिय महिला नेतृ मिना मल्ल र अर्का शम्भु नाथ योगीको नाम वडाबाट सिफारिस भएको छ ।
मल्ल लामो समय देखि नेकपा माओवादी केन्द्रको राजनीति गर्दै आउनु भएका नेता मल्ल नै नेकपा माओवादी केन्द्रको निर्विकल्प वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।
परेका बेला पार्टीलाई साथ नदिने जनताको माझमा नजाने कार्यकर्ता भन्दा नेता मल्ललाई नै अध्यक्षको टिकट वितरण गर्नु पर्ने स्थानीयले बताउँछन् । मर्दा पर्दा सधैंभरि स्थानीय जनताको साथ साथै आफुलाइ होम्ने नेता मल्ल वडा अध्यक्ष भए आफुहरु चुनावी प्रचारप्रसारमा लाग्ने १९ का महिलाहरुले बताए । वडा नं. १९ मा अध्यक्ष पद सजिलै संग जित्नका लागि मिना मल्ललाई माओवादी केन्द्रले टिकट दिन स्थानीय जनताले माग गरेका छन् ।
मल्ल अनेमसंघ जिल्ला कमिटी सदस्य, उद्योग वाणिज्य संगठन लुम्बिनी प्रदेश सदस्य , नेपालगन्ज उपमहानगरपालिकाको सहिद बेपत्ता संयोजक लगायतका क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

