नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को वडा भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटा वडाहरु मध्ये उत्कृष्ट काम गरिरहेको वडा नं ४ को आज वडा भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगन्जमा रहेको होटल न्यु इन्द्रेणीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा २ सय बढी वडावासीहरुको उपस्थित रहेको थियोे । वडा अध्यक्ष गोपाल पुनले आर्थिक वर्ष २०८१/८२ को वडाको बजेट तथा वडाले गरेका कामहरुको बारेमा बताउनुभएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट काम गर्ने तीन वटा टोल विकास समिति पुरस्कृत भएका थिए । पुरस्कृत हुनेमा (सल्यानी बाग टोल विकास समिति,अन्नपूर्ण टोल विकास समिती,बसपार्क टोल विकास समिती) रहेका थिए भने पुरस्कृत हुने कर्मचारीहरुमा कार्यालय सहयोगी राम बहादुर गडरिया, कम्प्युटर अपरेटर उसमान अन्सारी, सहजकर्ता झरना जि.सीलाई पनि सम्मान गरिएको थियो ।

बास नेपालको सहजीकरणमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित वडा बासिन्दाले वडा अध्यक्ष पुनलाई प्रश्नहरु गरेका थिए र अध्यक्ष पुनले त्यसको जवाफ दिनु भएको थियो । उक्त कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, वडा नं ४ का वडा सचिव नोबेल जि.एम. लगायतको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *