खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका युवा नेता वलीको शानदार जीत




नेपालगन्ज : स्थानीय निर्वाचनमा खजुरा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार धनिराम वलीको शानदार जीत भएको छ ।
उक्त वडाको क्षेत्र नेकपा एमालेको पकट एरियाको रुपमा लिने गरिन्छ तर यस पटकको चुनावमा कांग्रेससंगको गठवन्धन र राम्रो छबि भएका वलीलाई जनताको साथ रहेको देखियो । उनी हाल नेपालगन्जमा रहेको भेरी अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहेका छन् ।
उनलाई त्यहाका जनताले विकास गर्न सक्ने व्यक्तिका रुपमा हेरेर मत दिएको प्रतिक्रिया दिएका छन् । हामीहरुले यसपटक पार्टी हेरेनौं विकास गर्नसक्ने व्यक्ति हेरेका छौं उहाँको काम हेर्न बाकी रहेको स्थानीय बासीको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *