नेपालगन्ज : आसन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ बाट नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उठेका आदिवासी जनजातिका गोपाल पुनलाई जनताको माया,हौसला र उनीहरुको टीमलाई जिताउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयहरुको जनसागर उर्लिएको छ ।

आज घरदैलो कार्यक्रममा सयौंको संख्यामा उपस्थिति भएको देखिन्थ्यो । नेपालगन्ज वडा नं ४ मा गोपाल पुनको विकल्प नभएको वडाबासीको भनाइ रहेको छ । यसपटक जसरी पनि हामी गोपाल पुनको टीमलाई जिताउछौं स्थानीय मोहन बस्नेतले बताए । यसभन्दा अघिल्लो स्थानीय चुनावमा हामीले गल्ती गर्यौ अब त्यो गल्ती दोहोर्याउन चाहदैनौं उनले भने ।

हामी गाउँ ठाउँमा कसैको दुश्मनी हुन चाहादैनौं तर हाम्रो भोट नेकपा माओवादी केन्द्रमा गोपाल पुनको टीमलाई दिने निर्णय गरेको गणेशपुर, सल्यानी बंगला, बसपार्क, देवाफुलबारी, न्युरोड, सेतु बि-क- चोक लगायतका बासिन्दाले बताए । अघिल्लो पटकको निर्वाचनमा हार व्यहोरेका पुन लगातार हार पछिपनि जनताको सुखदुःखमा साथ दिइरहेका छन् । हामी फरक पार्टीका मान्छे हौं तर यसपटक हामीले पार्टी हेर्दैनौं व्यक्ति हेर्छौं नाम नबताउने सर्तमा स्थानीयले नागरिक पथलाई बताए ।
नेपालगन्ज ४ मा अध्यक्ष पदमा गोपाल पुनको नेतृत्वमा सदस्यहरु पंकज कुमार गुप्ता, युनुस हलवाई, महिला सदस्यमा रमिता श्रेष्ठ र दलित सदस्यमा रेवती दमाई रहेका छन् ।
