नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ चिकित्सक डा. राजन पाण्डे लुम्बिनी प्रदेश दिवसको अवसरमा सम्मानित हुनु भएको छ ।
लुम्बिनी प्रदेश स्थापनाका दिन दाङको लमही स्थित प्रदेश राजधानीमा भएको कार्यक्रममा मुख्यमन्त्री प्रज्वलदिप द्वितीय पदकबाट सम्मानित गरिएको हो । डा. राजन पाण्डेले सिकलसेल एनिमिया र थालेसिमिया रोगको अनुसन्धान तथा उपचारमा अतुलनीय काम गर्नु भएको भन्दै प्रदेश सरकारले सम्मान गरेको हो ।
लामो समयसम्म चिकित्सक सेवामा सेवा दिइरहनु भएको डा. पाण्डे बिरामीहरुको बिचमा लोकप्रिय हुनुहुन्छ, उहाँको सेवाबाट आम मध्य तथा सुदूरपश्चिममा जनताले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सेवा दिइरहनु भएको छ ।

