नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट संगठन नेपाल बुद्धिजीवी संगठन बाँकेको अध्यक्षमा इन्द्रबहादुर भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।
नेपालगन्जको होटल पिस प्लाजामा भएको जिल्ला भेलाबाट डा.इन्द्र बहादुर भण्डारीअध्यक्षमा,उपाध्यक्षमा जीत बहादुर शाह,उपाध्यक्ष मणि अर्याल, उपाध्यक्ष नारद पुरी, सचिव ललित प्रकास चन्द्र, सह सचिव गणेशा कार्की, कोषाध्यक्ष भुवन गैरे सदस्यहरुमा क्रमश खेम कुमारी न्यौपाने, मुना हमाल, बद्री ढका, जीत बहादुर बर्मा, कृपाराम यादव, तारा रोकाया र अमरराज आचार्य चयन भएका छन् ।
