कोभिड महामारीको समयमा अहोरात्र खटेर काम गर्ने स्टाफ नर्स सुनितालाई राष्ट्रपतिद्वारा विभूषित

लुम्बिनी प्रदेश बिशेष


नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा कोभिड महामारीको समयमा अहोरात्र खटिएर बिरामीको सेवा गरे बापत स्टाफ नर्स सुनिता बुढा  सहकारीलाई राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसर पारेर  जनसेवा श्री पदकबाट विभूषित गरिएको छ ।

आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहाकारीलाई जनसेवा श्री पदकबाट विभूषित गर्नुभएको हो ।

गत असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा गरिएपनि वितरण भने नयाँ वर्ष बैशाख १ गते गरिएको हो ।

स्टाफ नर्स सहाकारीले उक्त समयमा भेरी अस्पतालमा रहेर कोरोना महामारीमा अहोरात्र खटिएर बिरामीको सेवा गर्नु भएको थियो । त्यसैगरी भेरी अस्पताल नेपालगन्जमा प्रयोगशाला विभागमा काम गर्ने प्रसन्न मिश्रालाई पनि सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *