सवारी चालकलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपालगन्जमा विरोध प्रदर्शन

नेपालगंज बिशेष


नेपालगन्ज : नेपालगन्जमा दुई दिन अगाडि चालकको लापरबाहीका कारण भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई उचित न्याय दिलाउन र चालकलाई हदैसम्मको कारबाही गर्नका लागि स्थानीयबासीहरुले नेपालगन्जको बि-पी- चोकमा नारा जुलुस सहित टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटनामा चालकको लापरवाही देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनामा संलग्न कारका चालकले मदिरा सेवन गरेको स्वीकार गरेका छन् ।  प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले उनीहरूलाई  ठक्कर दिएको थियोे  । मृत्यु हुनेमा नेपालगन्ज बसोबास गर्ने वर्ष ६५ वर्षकी समिना इद्रिसी, उनका ४ वर्षीय नाति कासिम इद्रिसीलाई सो कारले ठक्कर दिएको हो ।

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगर–१० का २८ वर्षीय इन्द्रबहादुर थापाले चलाएको कारले उनीहरूलाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका तीनै जनाको मृत्यु भएको थियोे  ।  सो दुर्घटनामा एक परिवारका दुई र अर्को परिवारका एक सदस्यको मृत्यु भएको हो । हुजुरआमासँगै ४ वर्षीय नातिको दुःखद निधन ६५ वर्षकी समिना इद्रिसी र उनका नाति ४ वर्ष कासिम इद्रिसीलाई कारले ठक्कर दिएपछि उपचारका लागि भेरी अस्पताल, नेपालगन्जमा लगिएको थियो  तर अस्पतालमा लगिएको आधा घण्टा मै चिकित्सकले  मृत घोषणा गरे ।

इद्रिसी सामान्य गृहिणी भएको प्रहरीले बताएको छ ।चालक नेपालगन्ज उपमहानगर–१० का २८ वर्षीय इन्द्रबहादुर थापा रेष्टुरेन्ट व्यवसायी  रहेको प्रहरीलाई बताएका छन् । प्रायः साथीहरूसँग रमाइलो गर्ने थापाले आइतबार दिउँसो आफूले मदिरा सेवन गरेको जानकारी पनि प्रहरीलाई दिएका छन् । भेरी अस्पतालका चिकित्सकले उनको स्वास्थ्य परीक्षण रिपोर्टमा पनि मदिरा सेवन गरेको पुष्टि गरेका छन् । चालकले मदिरा सेवन गरेर लापरबाहीपूर्ण तरिकाले सवारी चलाएको प्रहरीको भनाइ छ ।
बिहान ९:३० बजेदेखि स्थानीय वि-पी- चोकमा तनावग्रस्त अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *