अखिल क्रान्तिकारीद्वारा संगठन विस्तारमा तिव्रता, होलिल्याण्ड मा-वि- मा ३ वटा कमिटी गठन

लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगन्ज : विद्यार्थीहरुको हकहितका लागि सदैब अगाडि रहेको अखिल क्रान्तिकारीले आफ्नो संगठन विस्तारमा तिव्रता दिएको छ ।

नेपालगन्जमा रहेको होलिल्याण्ड मा-वि- मा अलगअलग विभागमा अध्ययनरत विद्यार्थीहरुको  छुट्टाछुट्टै कमिटी गठन गरेको छ ।

महान तथा गौरवशाली सङ्गठन अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य सुरेन्द्र जंग शाहको प्रमुख अथित्यमा अखिल(क्रान्तिकारी) नेपालगन्ज उपमहानगर कमिटीको आयोजनामा  कक्षा  ११ व्यवस्थापन संकायमा  क. सुधा गुप्ताको अध्यक्षतामा  ३१ सदस्यीय तथा कक्षा ११ मै कम्प्युटर साइन्समा क.मनिशा गुरुङको  अध्यक्षतामा ३६  सदस्यीय र कक्षा १२ को व्यवस्थापन संकायमा क.दिपक राज कुमाइको अध्यक्षतामा ३१ सदस्यीय   समिति गठन गरेको छ ।


उक्त संगठन विस्तार गर्ने क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुरेन्द्र जंग शाह, अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष मर्मजंग बम ठकुरी, अखिल क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिका का अध्यक्ष उपेन्द्र आचार्य, विद्यार्थी नेताहरु खेम आचार्य लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *