देउखुरी – दाङको देउखुरीमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी हुन् ।
लमही नगरपालिका वडा नं ६ मा रहेको कर्री सामुदायिक वनमा भालुको आक्रमणबाट महरवा निवासी ४७ वर्षीय शोबारी घर्ती मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनका दुवै हात भाँचिएको छ भने अनुहारमा चोट लागेको छ । उनको स्थानीय लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचनरका लागि रुपन्देही बुटवल लगिएको छ । बिहीबार बिहान ५:३० बजेको समयमा जङ्गलमा च्याउ टिप्ने क्रममा भालुले आक्रमण गरेको थियोे ।
